Rule 5
जिल्ला ज्येष्ठ नागरिक कल्याण समितिको काम, कर्तव्य र अधिकार

ऐनमा लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त जिल्ला ज्येष्ठ नागरिक कल्याण समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :—
(क) वार्षिक कार्यक्रम सञ्चालन गर्नको निमित्त आवश्यक स्थानीय स्रोतको खोजी गर्ने र उपलब्ध स्रोतको परिचालन गर्ने,
(ख) स्थानीय तहमा सामाजिक कार्यकर्ता समेतको सहभागितामा ज्येष्ठ नागरिकको सम्मेलन गराई ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्नका लागि अवलम्बन गरिने नीति, योजना तथा कार्यक्रमका सम्बन्धमा सुझाब सङ्कलन गर्ने,
(ग) स्थानीय तहभित्र सञ्चालित हेरचाह केन्द्र, दिवा सेवा केन्द्र, सेवा केन्द्र, ज्येष्ठ नागरिक क्लब एवं ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा सम्बन्धी काम गर्ने अन्य संघ संस्थाको अद्यावधिक अभिलेख राखी त्यसको एक प्रति केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिमा पठाउने,
(घ) जनसहभागिताबाट वा सरकारी वा गैर सरकारी संघ संस्थाहरुको सहभागिता जुटाई स्थानीय तहको विभिन्न भागमा ज्येष्ठ नागरिकको संरक्षण तथा सामाजिक सुरक्षा सम्बन्धमा प्रचार प्रसार गर्ने, त्यस्तो कार्य गर्ने सामाजिक कार्यकर्ता तथा सरकारी एवं गैरसरकारी संघ संस्थाहरुलाई सहयोग गर्ने,
(ङ) स्थानीय तहभित्रका ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा सम्बन्धी योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने, गराउने,
(च) ज्येष्ठ नगारिकको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने,
(छ) प्रचलित कानूनको अधीनमा रही राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोग समेत लिई ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्नका लागि आवश्यक कार्यहरु सञ्चालन गर्ने गराउने ।